
काठमाडौं । सेयर बजारमा कारोबार सुरु भएको केही मिनेटमै तीव्र उछाल देखिएको छ। कारोबार खुलेको एक मिनेटमै नेप्से परिसूचक १०८ अंक (करिब ४ प्रतिशत) ले बढेपछि पहिलो पोजेटिभ सर्किट लागेको थियो। सोपछि बजार २० मिनेटका लागि स्थगित गरिएको थियो।
२० मिनेटपछि पुनः खुलेको बजारमा अर्को एक मिनेटमै नेप्से थप बढेर दोस्रो पोजेटिभ सर्किट लागेको हो। दोस्रो सर्किटसँगै नेप्से परिसूचक कुल १३५ अंक (करिब ५ प्रतिशत) ले बढेको छ। यससँगै बजार ४० मिनेटका लागि पुनः स्थगित गरिएको छ।
नियमअनुसार बजार ६ प्रतिशतसम्म बढेमा तेस्रो सर्किट लाग्ने र त्यसपछि आजका लागि कारोबार बन्द हुने व्यवस्था छ।यस अवधिसम्म करिब चार करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबारमा आएका २१ वटा लगानी उपकरणको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























