
१ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा २२५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २७० रुपैयाँमा झरेको छ।
यसअघि गत माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























