काठमाडौँ — कान्तिपुर दैनिक का प्रधान सम्पादक उमेश चौहान ले पदबाट राजीनामा दिएका छन्। चौहानको राजीनामापछि नयाँ प्रधान सम्पादक नियुक्तिका लागि आवेदन आह्वान गरिएको जानकारी कान्तिपुर मिडिया ग्रुप ले दिएको छ।चौहानले २६ असार २०७८ देखि सम्पादकका रूपमा काम गर्दै आएका थिए भने ७ जेठ २०८० मा उनलाई प्रधान सम्पादक नियुक्त गरिएको थियो।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौहानले कोभिड–१९ महामारीदेखि जेन–जी आन्दोलन र विभिन्न निर्वाचनसम्मको चुनौतीपूर्ण समयमा कान्तिपुरको नेतृत्व गरेका थिए।मिडिया ग्रुपले उनको योगदानप्रति धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना दिएको छ। नयाँ प्रधान सम्पादक नियुक्त नहुँदासम्म सम्पादकीय नेतृत्व भने चौहानले नै सम्हाल्ने जनाइएको छ।

कान्तिपुर मिडिया ग्रुपले यसपटक प्रधान सम्पादक पदका लागि सार्वजनिक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रक्रियामार्फत नियुक्ति गर्ने बताएको छ। बदलिँदो राजनीतिक, आर्थिक र प्राविधिक परिवेशसँगै पाठक प्रिन्टबाट डिजिटल प्लेटफर्मतर्फ सर्दै गइरहेकाले पत्रिकालाई नयाँ दिशामा अगाडि बढाउन दूरदर्शी नेतृत्व खोजिएको समूहले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्