
१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। शनिबारका लागि तय गरिएको बैठक आइतबारका लागि सारिएको हो।पार्टीका प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज बिहान १० बजे बैठक बस्ने जानकारी दिएका छन्।सूचनाअनुसार पार्टी सभापति रवि लामिछाने को निर्देशानुसार बैठक बोलाइएको हो। बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ।
प्रवक्ता झाले बैठकको मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिस गर्ने रहेको जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























