
काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित कन्टारमा गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।शुक्रबार साँझ करिब ७:५५ बजे मनकामनाबाट दर्शन गरेर आँबुखैरेनीतर्फ फर्किँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।सशस्त्र प्रहरी बलका डिएसपी तथा प्रवक्ता शैलेन्द्र थापाका अनुसार गाडीमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ५ जना पुरुष र २ जना महिला रहेका छन्। उनीहरूको पहिचान खुल्न बाँकी छ।
गाडीमा भारतीय नागरिकहरू सवार रहेको बताइएको छ।दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि आँबुखैरेनीतर्फ पठाइएको छ।दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयबासी उद्धार तथा राहत कार्यमा खटिएका छन्। गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले घटनाबारे थप विवरण संकलन भइरहेको बताएका छन्।





















