रुकुमपूर्व: अविरल हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा रुकुमपूर्वमा २५० भन्दा बढी यात्रु अलपत्र परेका छन्।शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातले भूमे गाउँपालिका–१ अन्तर्गत लुकुम–पातिहाल्ना सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध भएसँगै काठमाडौंबाट छुटेका रात्री बससहितका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार हालसम्म ७ वटा बस, एक जिप र ५ मोटरसाइकल अघि बढ्न नसकी सडकमै रोकिएका छन्। ती सवारीमा सवार यात्रुहरू कठ्याङ्ग्रिने चिसोबीच अलपत्र परेका हुन्।

लगातारको हिमपात र वर्षाका कारण सडक खुलाउने काममा कठिनाइ भइरहेको छ। त्यसमाथि, दूरसञ्चार सेवा अवरुद्ध हुँदा उद्धार तथा समन्वयमा थप चुनौती देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले स्थानीय तहसँग समन्वय गर्दै यात्रुहरूको उद्धार प्रयास जारी राखेको भए पनि मौसममा सुधार नआएसम्म सडक सञ्चालन सहज हुने अवस्था छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्