इरानले इजरायलका विभिन्न क्षेत्रमा गरेको पछिल्लो मिसाइल आक्रमणपछि सुरक्षा अवस्था थप जटिल बनेको छ। यसैबीच इजरायल सरकारले देशभरका सबै विद्यालयहरू तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरिएको निर्णयमा उनले आइतबार र सोमबारका लागि सबै भौतिक कक्षा पूर्ण रूपमा बन्द गरिने र कुनै पनि शैक्षिक संस्था सञ्चालन गर्न अनुमति नदिइने स्पष्ट पारेका छन्। उनले भनेका छन्, “विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै हालका लागि सबै कक्षाहरू अनलाइन माध्यमबाट मात्रै सञ्चालन गरिनेछ।”यस निर्णयसँगै विशेष शिक्षाअन्तर्गत दिइएका छुटहरू समेत रद्द गरिएको छ। विद्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने व्यवस्था पूर्ण रूपमा स्थगित गरिएको छ भने बालबालिकाका लागि सुरक्षित मानिने ‘येलो एरिया’ हरू पनि बन्द गरिएका छन्।

शिक्षा मन्त्रालयका अनुसार देशभरका विद्यालयहरूलाई अनलाइन शिक्षाका लागि तयारी अवस्थामा राखिएको छ। शिक्षकहरूलाई डिजिटल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ भने विद्यार्थीहरूलाई घरमै सुरक्षित रहँदै अध्ययन जारी राख्न आग्रह गरिएको छ।

यसैबीच इजरायलका आपतकालीन सेवाहरूले दक्षिणी शहरमा भएको मिसाइल आक्रमणबाट ठूलो भौतिक क्षति पुगेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा कम्तीमा ८८ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ।सुरक्षा निकायहरूले सम्भावित थप आक्रमणको जोखिम रहेको भन्दै नागरिकहरूलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेका छन्। देशका विभिन्न स्थानमा साइरन बजाइएका छन् भने आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएका छन्।

सरकारले मंगलबारअघि सुरक्षा अवस्थाको पुनः मूल्यांकन गर्ने जनाएको छ। त्यसपछि मात्र विद्यालय सञ्चालन लगायतका आगामी निर्णयहरू लिइनेछन्। अहिलेका लागि भने देशभरका विद्यार्थीहरूलाई अनलाइन शिक्षामा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्