काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले देशको समृद्धि र प्रगति सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट मात्र सम्भव हुने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सबै समुदायबीच एकता आवश्यक रहेको उल्लेख गरेका हुन्। “धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ,” उनले लेखेका छन्।
इद पर्वको अवसर पारेर उनले सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना दिँदै यस पर्वले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ मजबुत बनाओस् भन्ने कामना गरेका छन्।
बालेनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले मात्र समाजलाई सुदृढ र समृद्ध बनाउन सकिने पनि बताएका छन्।