चैत १४, २०८२ | काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीरमेश लेखकको गिरफ्तारीलाई “गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण” भन्दै कडा विरोध जनाएको छ।

एमाले सचिवालयको आकस्मिक बैठकले दुवै नेताको तत्काल रिहाइको माग गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।बैठकपछि पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, “सूर्योदय अगावै गरिएको गिरफ्तारी प्रतिशोधपूर्ण, पूर्वाग्रही र लोकतान्त्रिक मूल्य तथा कानुनी शासनविपरीत छ,” भन्दै पार्टीले यसको कडा निन्दा र विरोध गरेको छ।

एमालेले २०८२ भदौ २३–२४ को घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि नै असहमति रहेको दोहोर्‍याउँदै उक्त प्रतिवेदनलाई “पूर्वाग्रही र न्यायिक सिद्धान्तविपरीत” ठहर गरेको छ। साथै, निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको छ।पार्टीले गिरफ्तारीलाई संविधान, लोकतन्त्र र मानवअधिकारमाथिको आक्रमण भन्दै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई संयुक्त प्रतिवादका लागि आह्वान गरेको छ।

यसैबीच, ओलीको गिरफ्तारीविरुद्ध भोलि (चैत १५ गते) देशभरका जिल्ला कमिटीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाउने निर्णय एमालेले गरेको छ।एमालेले कानुनी प्रतिवादका लागि कानुनविद्हरूसँग परामर्श गरिरहेको जनाएको छ भने आगामी दिनमा आन्दोलन थप सशक्त बनाउने संकेत समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्