काठमाडौं । अवैध हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ नागार्जुनका २८ वर्षीय सागर गिरी र प्रमोद प्रसाद धिताल रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट १ करोड १६ लाख रुपैयाँ नगदसहित विभिन्न बैंकका चेक, एटीएम कार्ड, नागरिकता, सवारी साधन, मोबाइल फोन, सिमकार्ड तथा कम्प्युटरसमेत बरामद गरिएको छ।

उनीहरूविरुद्ध हुन्डी तथा अभौतिक मुद्रासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्